आर्नोल्ड ‘योङ्ग प्लेयर अफ दि सिजन’

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्ड ‘योङ्ग प्लेयर अफ दि सिजन’ चुनिएका छन् ।प्रिमियर लिगले शुक्रबार आर्नोल्डलाई २०१९/२० को ‘योङ्ग प्लेयर अफ दि सिजन’ घोषित गरेको हो ।

मनोनयनमा परेका अन्य सात खेलाडीलाई पछि पार्दै आर्नोल्ड सिजनको उत्कृष्ट युवा खेलाडी चुनिएका हुन् ।यस सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाउन उनले उत्कृष्ट खेलेका थिए ।

लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो ।इंग्ल्यान्डका राइट ब्याक आर्नोल्डले एन्थोनी मार्सियल, मासुन ग्रीनवुड, मार्कुस राष्फोर्ड, क्रिस्टियन पुलिसिच, मासन माउन्ट,ज्याक ग्रिलिस र डीन हेन्डरसनलाई पछि पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *