क्लब छाड्ने हाभर्टजको ईच्छा

एजेन्सी । जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड काई हभार्टजले क्लब छाड्न चाहेको बताएका छन् ।लण्डन क्लब चेल्सीसंग जोडिएका हभार्टजले क्लब छोड्ने ईच्छा ब्यक्त गरेका हुन् ।बायर लिभरकुसनका प्रमुख कार्यकारी फर्नान्डो कारोले हाभर्टजले क्लब छोड्न चाहेको उल्लेख गर्दै उनी चेल्सी जाने निश्चित नभएको बताए ।

२१ बर्षका फरवार्ड समर ट्रान्सफरमा स्टामफोर्ड ब्रिज क्लबसंग जोडिएका छन् । बायर लिभरकुसन समेत ९० मिलियन पाउण्डमा हाभर्टजलाई बेच्न उत्सुक देखिएको थियो ।फ्रान्क लाम्पार्ड नेतृत्वको चेल्सीले उनलाई ७० मिलियन पाउण्डको प्रस्ताव गरेको छ । तर जर्मनका अन्तराष्ट्रिय खेलाडीलाई बायरले सो रकममा बेच्न चाहेको छैन ।

क्लबका सिईयोले जर्मन मिडियामा भनेको छन्, ‘यो सबै स्पष्ट थियो । युरोपा लिगको सत्र सकिने बित्तिकै हाम्रो छलफल हुनेछ ।’‘हाभर्टज एक कदम अघि बढ्न चाहन्छन् । तर यस प्रक्रियाले भविष्यमा काम गर्छ वा गर्दैन भन्न सकिने अवस्था छैन ।’ उनले भनेका छन् ।हाभर्टज युरोपेली क्लब फुटबलका युवा स्टारको रुपमा देखिएका छन् । उनले जर्मन क्लबबाट सबै प्रतियोगितामा ८७ खेलमा ३८ गोल गरेका छन् ।उनको टिम अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुन असफल रह्यो । बायर पाँचौ स्थानमा रहदै बुन्डेसलिगाको अन्त्य गरेको थियो ।

जर्मन क्लब पछिल्लो हप्ता ईन्टर मिलानसंग पराजित हुदै युरोपा लिगको क्वार्टरफाईनलबाट बाहिरिएको छ । र युरोपका ठुला प्रतियोगिताबाट खेल्ने सम्भावना समेत सकाएको छ ।लिभरकुसनका खेल निर्देशक रुडी वोलेरले समेत हाभर्टजले समर ट्रान्सफरमा क्लब छाड्न सक्ने बताउँदै शर्तहरु लागु हुने बताएका थिए ।

प्रिमियर लिगको समर ट्रान्सफर विन्डो सेप्टेम्बर १२ बाट सुरु भएर अक्टोबर ५ सम्म चल्नेछ ।चेल्सीले नयाँ सिजनका लागि टिमो वार्नर र हाकिम जियाचलाई अनुबन्धन गरिसकेको छ । उसका दुई विङ्गर पेड्रो र विलियनले फ्रि–ट्रान्सफर अन्तर्गत क्लब छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *