पाकिस्तानका हाफिज सेल्फ आईसोलेसनमा

एजेन्सी । पाकिस्तानी क्रिकेट टिममा मोहमद हाफिजले बायो सेक्युरिटी प्रोटोकल नियम उलंघन गरेका छन् ।घरेलु टिम इंग्ल्यान्डसँगको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड पुगेका हाफिजले बुधबार बायो सेक्युरिटी प्रोटोकल नियम उलंघन गरेका हुन् ।

कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिनका लागि बनाईएको नियम उलंघन गरेपछि हाफिजले सेल्फ आईसोलेसनमा बस्नु परेको छ हाफिजले बुधबार सामाजिक संजाल ट्वीटरमा एक वृद्ध महिलासँगको फोटो राखेका थिए ।होटल नजिकको गल्फ कोर्षमा खिचिएको उक्त फोटो सार्वजनिक भएपछि हाफिज विवादमा तानिएका थिए ।

यस्तै, उनको कोरोना परिक्षण समेत गरिएको थियो ।पाकिस्तानले इंग्ल्यान्डसँग बिहीबारबाट दोस्रो टेस्ट खेल्दैछ । तर, उनी टेस्ट टिम बाहिर रहेका छन् ।पहिलो टेस्टमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *