फिफाको महिला वरीयतामा नेपाल ९९ औँ स्थानमा

काठमाण्डौ – विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल ९९ औँ स्थानमा यथावत् रहेको छ । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा परेको हो ।

पछिल्लो पाँच महिनादेखि फिफाको वरीयता एकनास रहेको छ । एशियाली देशतर्फ नेपाल २१ औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरीयतामा नेपालको स्थान दोस्रो छ ।यस्तै फिफा वरीयतामा दक्षिण एशियाली देश भारत ५५ औँ, बङ्गलादेश १३४ औँ, श्रीलङ्का १४० औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन् ।

विश्व वरीयतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्याण्ड चौथो, स्वीडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *