युनाइटेडका विंगर चोङ्ग ब्रेमेनमा

एजेन्सी । जर्मन क्लब भेरडाआ ब्रेमेनले डच विंगर ताहिथ चोङ्गलाई लोनमा अनुबन्ध गरेको छ ।ब्रेमेनले युवा विंगर चोङ्गलाई म्यानचेस्टर युनाइटेडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।२० वर्षे विंगरसँग ब्रेमेनले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

‘पहिलो टिमको अनुभव प्राप्त गरिसकेका चोङ्ग ब्रेमेनमा अनुबन्धित भएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छनेदरल्यान्ड्सको यू-२१ टोलीका सदस्य चोङ्ग सन् २०१६ मा युनाइटेडको एकेडेमीमा अनुबन्धित भएका थिए ।उनले सन् २०१८ मा युनाइटेडको सिनियर टिममा डेब्यु गरेका थिए ।

युनाइटेडसँग चोङ्गको सम्झौता सन् २०२२ को जुनसम्म रहेको छ । उनले युनाइटेडका लागि हालै युरोपा लिग अन्तर्गत अन्तिम १६ को खेल खेलेका थिए ।ब्रेमेन बुन्डेसलिगाको नयाँ सिजनको लागि प्रि-सिजन तयारी गरिरहेको छ । नयाँ सिजन सेप्टेम्बर १८ बाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *