सेभियालाई युईएफएको जरिवाना

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले स्पेनिस क्लब सेभियालाई जरिवाना गरेको छ ।युरोपा लिग अन्तर्गत उल्भ्सविरुद्धको क्वाटरफाइनलमा ढिला खेल सुरु गरेको कारण युईएफएले सेभियालाई जरिवाना गरेको हो ।

पाँच पटकको च्याम्पियन सेभियालाई १० हजार युरो जरिवाना गरेको हो ।उक्त खेलमा सेभियाले १-० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो ।सेभियाले अन्तिम चारमा अब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *