अलराउन्डर मार्शद्वारा सन्यास

एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमका पूर्व अलराउन्डर लौरा मार्शले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेकी छिन् ।३३ वर्षीया मार्शले बिहीबार क्रिकेटबाट सन्यास घोषणा गरेकी हुन् ।मार्शले सामाजिक संजाल ट्वीटरमा एक पोस्ट गर्दै सन्यासको घोषणा गरेकी हुन् ।

‘मैले सबै खाले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘म मेरो टिम र संस्थाहरु सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’मार्शले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने गत वर्ष नै सन्यास लिएकी थिइन् ।

उनले यस वर्ष द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्ने योजना बनाएकी थिईन ।तर, कोरोना भाईरसको कारण प्रतियोगिता सरेपछि मार्शले सन्यास लिएकी हुन् ।

Leave a Reply

Your email address will not be published.