डर्टमण्डको झण्डै दर्जन गोल

एजेन्सी । बोरुसिया डर्टमण्डले प्रि–सिजनको तयारीमा खेलिएको मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।आईतबार राति डर्टमण्डले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा अष्ट्रिया विनमाथि ११–२ को जित निकालेको हो ।डर्टमण्ड सिजनको तयारीका लागि अष्ट्रिया भ्रमणमा रहेको छ ।

डर्टमण्डको जितमा म्यान्चेष्टर युनाईटेडले अनुबन्धको प्रयास गरिरहेको जाडोन साञ्चोले समेत गोल गरे । ईङ्ल्याण्डका विङ्गर दोस्रो हाफमा मैदान छिरेर गोल गरेका हुन् ।

जर्मन क्लब डर्टमण्डले नयाँ खेलाडी जुड बेलिंगहमलाई समेत मैत्रीपूर्ण खेलमा उतारेको थियो । उनले समेत डर्टमण्डका लागि गोल गरे ।जियोवन्नी रेयनाले सुरुवातमै दुई गोल गर्दा बाँकी नौ खेलाडीले खेलमा गोल गरेका थिए ।डर्टमण्डले दोस्रो हाफमा प्लेईङ सेटमा सबै खेलाडी परिवर्तन गरेको थियो । सोही अनुसार दोस्रो हाफमा साञ्चो र बेलिंगहम मैदान छिरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *