नायर कोरोना मुक्त, आईपीएल खेल्ने

एजेन्सी । भारतीय क्रिकेटर करुण नायर कोरोना भाईरसबाट मुक्त भएका छन् ।कोरोना भाईरसको संक्रमण देखिएपछि सेल्फ आईसोलेसनमा बसेका नायर कोरोनाबाट मुक्त भएका हुन् ।पछिल्लो पटक गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको क्रिकइन्फोले जनाएको छ ।

ब्याट्सम्यान नायर कोरोना संक्रमित हुने भारतका सर्वाधिक हाई प्रोफाइल क्रिकेटर हुन् ।करिब दुई साताको सेल्फ आईसोलेसनपछि उनी कोरोना मुक्त भएका हुन् ।कोरोनाबाट मुक्त भएपछि नायरले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् ।

किङ्स इलाभेन पन्जाबका ब्याट्सम्यान नायर थप कोरोना परिक्षणपछि युएई जाने बताईएको छ ।नायरले २०१८ र १९ को वर्ष पन्जाबबाट १४ खेल खेलेका थिए ।

कोरोना भाईरसको कारण बीसीसीआईले आईपीएलको १३ औं संस्करण युएईमा आयोजना गर्दैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।भारत सरकारले भारतको क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई युएईमा प्रतियोगिता आयोजनाको लागि अनुमति समेत दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *