रोनाल्डोलाई बार्सिलोनाको प्रस्ताव, आउने सम्भावना कति ?

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्धको प्रस्ताव गरेको छ। पोर्चुगिज फ/वार्ड रोनाल्डोलाई बार्सिलोनाले सनसनीपूर्ण प्रस्ताव राखेको हो।

स्पानिस अनलाइन मार्का अनुसार स्काई स्पोर्ट्सका पत्रकार गुइलेम बालागले बार्सिलोनाले रोनाल्डोलाई अफर गरेको जनाएको छ।इटालियन कप र च्याम्पियन्स लिगको हारले गर्दा रोनाल्डोको भविष्य के हुने भन्ने भइरहेको बेला बार्सिलोनाले उनलाई प्रस्ताव गरेको खबर बाहिर आएको हो ।

यस्तै युभेन्ट्समा रोनाल्डोको तलब पनि महँगो छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युभेन्ट्स रोनाल्डोको तलब पनि घटाउने तयारीमा छन । युभेन्ट्सले लगातार नवौं पटक सिरी ए उपाधि जिते पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा फ्रेन्च क्लब लियोनसँग अवे गोलका आधारमा पराजित हुँदै बाहिरिएको हो ।

रोनाल्डो २०१९–२० सिजन युभेन्ट्सका लागि ३७ गोल गरेका थिए । यदी बार्साको प्रस्ताव युभेन्टस र रोनाल्डो दुवैले स्विकार गरेको खण्डमा आधुनिक फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सी एकै क्लबमा एकसाथ खेल्नेछन् । यी दुई खेलाडीले झन्डै १५ वर्ष विश्व फुटबलमा एकछत्र राज गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *